घोराही, २७ फागुन । असन्तुष्ट पक्षले गठन गरेको अनेरास्ववियु जिल्ला कमिटी दाङको समानान्तर कमिटी भंग गरिएको छ । नेकपा एमाले तुलसीपुर पार्टी कार्यालयमा शनिवार भएको छलफलपछि समानान्तर कमिटी भंग गरी गोविन्द बस्नेत नेतृत्वको आधिकारिक कमिटीमार्फत विद्यार्थी आन्दोलन अघि बढाउने सहमति भएको हो ।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्यहरु मेघराज भुसाल, अरुण शर्मा, एमाले दाङका सचिव मनोहर बुढाथोकी, पार्टीका सचिवालय सदस्यहरु मानबहादुर रावत, सुरेश रावत, विष्णु केसी, अनेरास्ववियु केन्द्रीय सदस्य सर्जन परियार, पूर्व केन्द्रीय सचिवालय सदस्य वीरवल खड्का, अनेरास्ववियु जिल्ला अध्यक्ष गोविन्द बस्नेत, अखिलका नेता प्रकाश रावतलगायतको उपस्थिति थियो ।

यसअघि प्रकाश रावतको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस