घोराही, १ जेठ । राष्ट्रिय युवा संघ नेपाल दाङले संगठनको ३४ औं स्थापना दिवसको अवसरमा असहायलाई खाना तथा आश्रममा खाद्यान्न सहयोग गरेको छ । मानव सेवा आश्रम तुलसीपुरमा रहनु भएका ५४ जना आश्रितहरुलाई खाना खुवाइएको र आश्रमलाई चामल, दाल, तरकारी र फलफूल उपलव्ध गराइएको हो ।

आश्रमका सञ्चालक हिरु जोशीलाई खाद्य सामग्री हस्तान्तरण गरिएको युवा संघ दाङले जनाएको छ । युवा संघ दाङका अध्यक्ष विवेक योगीको अध्यक्षता तथा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा हस्तान्तरण कार्यक्रम गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी बुढाथोकीले सामाजिक कृयाकलापमा युवाहरुलाई जोड्ने काममा युवा संघ निरन्तर लागेको भन्दै समाजका आम विकृतिविरुद्ध युवाहरु जाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य देवु बस्नेत, पूर्व केन्द्रीय सदस्य माधव वली, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढालगायतले बोल्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस