घोराही, २० जेठ । रमना पाठशाला घोराही–१२ का विद्यार्थीहरुले मतदान गरेर नेतृत्व चयन गरेका छन । शुक्रवार स्कुलका बिद्यार्थीहरूले मतदान मार्फत स्कुलका कप्तान र उप कप्तान छानेका हुन ।

विद्यालयको कप्तानमा कक्षा १० मनोज बिक र उपकप्तानमा कक्षा ८ की निशा भण्डारी विजयी हुनु भएको छ । कप्तानका लागि ७ र उपकप्तानका लागि ३ जनावीच प्रतिष्पर्धा भएको थियो । कुल १ सय ९६ मतदातामा कप्तान बिकले ७१ र उपकप्तान भण्डारीले ८८ मत प्राप्त गरि विजयी हुनु भएको विद्यालयका शिक्षक कृष्णदेव थापाले जानकारी दिनुभयो ।

बिद्यालयमा आयोजना गरिने यस्ता नमुना मतदानले बिद्यार्थीलाई सामाजिक, राजनीतिक ज्ञान दिने र ‘कक्षा नेता ’र ‘स्कुल नेता’ छान्न सक्ने क्षमताको विकास हुनेछ । साथै उनीहरुमा नेतृत्व विकासमा टेवा पु¥याउन स्वयं विद्यार्थीहरूलाई नेतृत्व लिन प्रोत्साहन गर्ने उद्देश्यले निर्वाचन गराइएको प्रेस संयोजक सुवास शर्माले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस