सुवास शर्मा
दाङ, ५ असार । रमना पाठशाला घोराहीले भूमे पर्वको अवसरमा भूमे नाँच कार्यक्रमको गरेको छ । भूमे पर्व मगर समुदायको ठूलो पर्वसँगै नेपालीहरुकै साँस्कृतिक सम्पत्ति हो भन्ने कुरालाई मध्येनजर गर्दै विद्यार्थीहरुलाई मगर पोशाकमा भुमे नचाइएको हो ।

संस्कृतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पाठशालाका प्रधानाध्यापक विष्णु हमालले बताउनुभयो । ‘प्राज्ञिक क्षेत्रको उद्देश्य समाजमा शिक्षित र सभ्य नागरिक उत्पादन गर्नु हो ।
औपचारिक शिक्षाले मात्रै सभ्य नागरिक उत्पादन हुन सक्दैन । त्यसैले शिक्षासँगसँगै बालबालिकालाई संस्कार पनि सिकाउन जरुरी छ’– उहाँले भन्नुभयो– ‘त्यसैले हाम्रो समुदायमा मनाइने विभिन्न चाडपर्वका अवसरमा त्यसको महत्व बुझाउन कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सरिक गराउँदै आएका छौं ।’

कार्यक्रम विद्यालयका शेयर सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रमबारे अभिभावक झुलबहादुर बुढा मगरले प्रकाश पार्नुभएको थियोे भने कार्यक्रममा पञ्चे बाजासहित मगरहरूको सांस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस