दाङ, १२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङले सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याएर एसइइ उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । केन्द्रीय आयुर्वेद विद्यालय बेलझुण्डीमा शुक्रवार कार्यक्रम गरेर विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।

अनेरास्ववियुका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्य एवं अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार र एमाले तुलसीपुर नगर कमिटी अध्यक्ष माधव वलीको विशिष्ट आतिथ्यमा सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयबाट ए प्लस अंक ल्याउने ८२ जना र संस्थागत विद्यालयतर्फ फोर जिपिए अंक ल्याउने तीनजना विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानीत हुने सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गुरुजजुर मावि रक्षाचौर, मावि सेन्टर, गुरुकुल एकेडेमी घोराही, ज्ञानज्योती मावि तुलसीपुर, अमरमावि कालाखोला, गोरखामावि तुलसीपुर, दिपशीखा बोर्डिङ घोराही, माउन्ट भ्यू बोर्डिङ घोराही र ज्योतिपुञ्ज बोर्डिङ घोराही छन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस