घोराही, ११ पुस । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १९ का उपसचिव जानकी घर्तीले आफू एमालेकै जिम्मेवारीमा रही जनताको पक्षमा काम गरिरहेको भन्दै भ्रममा नपर्न अपील गर्नुभएको छ ।


बुधवार प्रेस विज्ञप्ती जारी गर्दै आफू एमालेकै जिम्मेवारी रहेको तर बजारमा अन्य पार्टी प्रवेश गरेको भन्ने भ्रम फैल्याइएको उल्लेख गर्नुभएको छ । उहाँले भ्रमपूर्ण कुरामा विश्वास नगर्न सबैमा अनुरोध गर्दै एमाले घोराही १९ को उपसचिवकै भूमिकामा रहि जनताको सेवा लागिरहेको स्मरण गराउनु भएको छ ।

साथै उहाँले आफू वैचारिक विचलनमा नपर्ने र कुनै लोभ लालचका पछि पनि नलागी काम गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस