दाङ, २८ माघ । दाङको तुलसीपुरबाट सेवा आरम्भ गरेको रानीकेकले एकपछि अर्को सफलतासँगै सेवा विस्तारलाई तीव्रता दिएको छ । २०७७ साल फागुन २६ गतेदेखि तुलसीपुर क्षेत्रका उपभोक्ताहरुलाई सेवा दिइरहेको रानीकेकले एक वर्षअघि घोराहीबाट पनि सेवा आरम्भ गरेको थियो । घोराहीका उपभोक्ताको मन जितेको रानीकेक तेस्रो वर्षमा रुपन्देही पुगेको छ ।

रानीकेकले अवदेखि आफ्नो तेस्रो शाखाकोरुपमा रुपन्देहीको तिलोत्तमा मणिग्रामबाट आफ्नो सेवालाई आरम्भ गरेको रानीकेकका सञ्चालक दिपक काफ्लेले जानकारी दिनुभयो । माघ २७ गतेदेखि प्रदेशकै ठूलो व्यापारिक शहर मणिग्रामबाट सेवा आरम्भ गरेको छ । रानीकेकको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले गर्नुभयो । उद्घाटन अवसरमा रानीकेकले ३ दिनसम्म सेवा निःशुल्क गरेको छ ।

नेपालीहरुको बिशेष अवसरहरु जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, संघ संस्थाहरुका वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै रानीकेक माग पनि बढिरहेको सञ्चालक काफ्लेले बताउनुभयो । यसक्षेत्रमा शुरुवात गर्दै व्यवसायसंगै सामाजिक कार्य र रोजगारमा समेत प्रबद्र्धन गर्नुपर्छ भन्ने उदेश्यका साथ यो शाखा सुचारु गरेको काफ्ले जानकारी दिए ।

करिब साढे २२ लाखको लगानीमा मणिग्राम शाखा सञ्चालनमा ल्याईएको अर्का सञ्चालक रोमणी खनालले जानकारी दिनुभयो । ग्राहकको चाहनाअनुसार विभिन्न साइज र डिजाइनका शुद्ध स्वस्थ्यबद्र्धक केक उत्पादन गरि सुपथ मुल्यमा बिक्री वितरण गर्ने लक्ष्य रानीकेकको छ ।

बजारको माग र ग्राहकको चाहनाअनुसार होम डेलिभरीसँगै १५ वर्षमुनिका अनाथ बालबालिका, रातो कार्डवाहक अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क केक उपलब्ध गराउने रानीकेकले जनाएको छ ।

नेपालमा केही हुँदैन भन्दै विदेश पलायन भइरहेका बेला विदेशबाट फर्किएर दिपक काफ्लेलगायतका युवाहरुले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिइरहेका छन । हाल रानीकेकले मणिग्राम शाखामामात्रै ७ जनालाई रोजगारी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस