विमल याेगी
दाङ,३ असार । प्रेस चाैतारी दाङले संगठनलाई क्रियाशिल र प्रभावकारी बनाउन कार्ययाेजना पास गरेकाे छ। चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता, चाैतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईञ्चार्ज टीका बस्नेतकाे प्रमुख आतिथ्यता र नेकपा एमाले दाङका उपाध्यक्ष एवम् जनवर्गिय संगठनका प्रमुख मनाेहर बुढाथाेकी र चाैतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनकाे विशेष उपस्थितिमा बसेकाे बैठकले चाैतारीकाे कार्ययाेजना पास गरेकाे हाे ।
कार्ययाेजनामा चाैतारीकाे पालिका कमिटि क्रियाशिल बनाउने, चाैतारीलाई जनतासँग जाेड्ने, नयाँ पत्रकार उत्पादनका लागि तालिम सञ्चालन, अक्षयकाेषलाई थप व्यवस्थित बनाउने लगायतका कार्यक्रम समेटिएको छ। बैठकमा चाैतारीका लुम्बिनी प्रदेश सह इञ्चार्जकाे जिम्मेवारी पाउने गणेश आचार्य र जिल्ला इञ्चार्जकाे जिम्मेवारी पाउने दुर्गालाल केसीलाई बधाई सहित स्वागत सम्मान गरिएको थियाे ।
बैठकमा चाैतारीका ९ वटा पालिका कमिटी गठन गरिएको र १ वटामा गठन प्रक्रिया चलिरहेकाे सम्वन्धित पालिकाका संयाेजकहरूले जानकारी दिनुभएको थियाे । बैठकले जिल्ला शाखामा स्थापना भएको अक्षयकाेषलाई थप व्यवस्थित बनाउन जिल्ला पदाधिकारी, सल्लाहकार तथा अक्षयकाेषदातासँग छलफल गर्ने निर्णय गरेकाे छ। यसैगरी बैठकमा चाैतारी र पार्टीको गतिविधिलाई प्रचारप्रसार गर्न केन्द्रीय सदस्य गणेश आचार्य र जिल्ला अध्यक्ष सुधासुमन ढकाल रहेकाे चाैतारी सञ्चार डेक्स स्थापना गरिएकाे जानकारी गराइएकाे थियाे।
बैठकलाई चाैतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईञ्चार्ज टीका बस्नेत, नेकपा एमाले दाङका उपाध्यक्ष एवम् जनवर्गिय संगठनका प्रमुख मनाेहर बुढाथाेकी, चाैतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, चाैतारीका लुम्बिनी प्रदेश सहइञ्चार्ज गणेश आचार्य, जिल्ला इञ्चार्ज दुर्गालाल केसी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्मा, जिल्ला सचिव जेएन सागर लगायतले सम्वाेधन गर्नुभएको थियाे ।
प्रेस चाैतारीका जिल्ला उपाध्यक्ष विमल याेगीकाे स्वागत मन्तव्यबाट सुरू भएको बैठककाे सहजीकरण चाैतारी दाङका सचिव निमुसंगम घर्तिले गर्नुभएको थियाे ।












