घाेराही, ४ असार । अखिल नेपाल महिला संघ दाङ क्षेत्र नम्बर २ काे बैठक सम्पन्न भएकाे छ ।

क्षेत्रीय अध्यक्ष रमा ओझाकाे अध्यक्षता एवम् अनेमसंघकी स्थायी कमिटी सदस्य तुलसा केसीको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले संगठन विस्तार र सुदृढीकरणलाई तिब्रता दिने निर्णय गरेकाे छ ।

बैठकलाई सम्बाेधन गर्दै स्थायी कमिटी सदस्य केसीले महिला अधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण आवश्यक रहेकाे बताउनुभयाे । उहाँले महिलाहरु नेतृत्वदायी भूमिकामा आउन महिलाहरुमा राजनैतिक चेतना पनि अपरिहार्य रहेकाे जिकिर गर्नुभयाे ।

नेकपा एमालेकी केन्द्रीय सदस्य सीता सिग्देल न्याैपानेले महिलाहरुकाे क्षमता विकासका लागि महिला अधिकार सुनिश्चितता हुन जरुरी रहेकाे बताउनुभयाे । महिलाहरु हरेक क्षेत्रकाे नेतृत्व गर्न तयार हुनुपर्ने न्याैपानेले बताउनुभयाे ।

बैठकलाई भूमि तथा सुकुम्बासी आयाेग दाङका अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले दाङका सचिव श्याम डाँगी, सचिवालय सदस्य विवेक श्रेष्ठ, किसान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पाेख्रेलले सम्बाेधन गर्नुभएकाे थियाे । यसैगरी, अनेमसंघ लुम्बिनी प्रदेश सदस्य सरस्वती खत्री, दाङकी अध्यक्ष लक्ष्मी शर्मा, जिल्ला सहसचिव रेखा केसी, क्षेत्रीय इन्चार्ज यमी पुन, नेकपा एमाले घाेराही नगर अध्यक्ष तारा पुरीलगायतले बैठकलाई सम्बाेधन गर्नुभएकाे थियाे ।

बैठककाे सहजीकरण क्षेत्रीय सचिव शिवा बिसीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस