विमला केसी
घाेराही, २१ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं १६ स्थित ज्ञानमाला एकेडेमीमा सञ्चार सीप सम्बन्धी तालिम सम्पन्न भएको छ।

विद्यालयमा गठित विभिन्न क्लबहरुका पदाधिकारी, कार्यसमिति सदस्य तथा कप्तान र उपकप्तानहरुका लागि एकदिने सञ्चार सीपकाे तालिम प्रदान गरिएकाे थियाे ।
तालिममा विद्यार्थीहरुलाई सञ्चार, सञ्चार सीप, सञ्चार सीपका प्रकार, प्रभावकारी सञ्चारलगायतका विषयमा प्रशिक्षण दिइएकाे थियाे । तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले घर, समुदाय, विद्यालय र व्यक्तिव्यक्तिबिच प्रभावकारी सञ्चार हुनुपर्ने बताउनुभयाे । उहाँले सञ्चार गर्दा सबैले बुझ्ने भाषा हुनुपर्ने, लैङ्गिक, धार्मिक, जातिय भेदभाव हुने शब्दहरु प्रयाेग गर्न नहुने बताउनुभयो।

नेपाल जुनियर रेडक्रस सर्कलकी अध्यक्ष स्मारिका चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएकाे थियाे ।सिर्जनशील बाल क्लबका सहसचिव राहुल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण किशोरी क्लबकी सचिव शान्ती नेपालीले गर्नुभएकाे थियाे ।












