oplus_2

घाेराही, २१ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले कार्यसमितिमा २ जना महिला सदस्य थप गरि कार्यसमितलाई पूर्णता दिएकाे छ ।
गत वर्ष मंसिर ५ गतेकाे अधिवेशनबाट बनेकाे नयाँ कार्यसमितिले प्याब्सन घाेराहीमा ८० विद्यालयलाई सदस्यता प्रदान गरि विधान बमाेजिम थप २ जनालाई कार्यसमितिमा मनाेनित गरेकाे हाे । मनाेनित महिला सदस्यहरुमा एप्पल एकेडेमी नारायणपुरकी प्रिन्सिपल शर्मिला थापा र एबिसी एकेडेमी घाेराहीकी प्रिन्सिपल ममता ओली रहनुभएकाे छ । यसैगरी शुक्रबार बसेकाे बैठकले दुईजना सल्लाहकार पनि थप गरेकाे छ। यसरी मनाेनित गरिएका सल्लाहकारहरुमा पूर्व उपाध्यक्ष केशरमान बुढाथाेकी र धर्मबहादुर केसी रहनुभएकाे छ।

प्याब्सन घाेराही नगर अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् पूर्व केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुण शर्माकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले मंसिर ५ गते साधारणसभा गर्ने निर्णय गरेकाे छ । बैठकले दस बर्षभन्दा धेरै समय लगातार एउटै विद्यालयमा प्रधानाध्यापककाे जिम्मेवारीमा रहि सेवा गर्ने प्रधानाध्यापकहरुलाई साधारणसभामा सम्मान गर्ने निर्णय गरेकाे हाे।
बैठकमा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी, पूर्व केन्द्रीय सदस्य केशब थापा, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दलगायतले धारणा राख्नुभएको थियाे । बैठककाे सहजीकरण नगर सहसचिव सन्दिप शाहले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस