oplus_2

घाेराही, २४ कार्तिक । विभिन्न सामाजिक व्यक्तित्वहरुकाे पेन्सल स्केच (चित्र) तयार गर्ने चित्रकार स्मारिका चाैधरीलाई सामाजिक व्यक्तित्व बिष्णु हमालले सम्मान गर्नुभएको छ ।

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हमालले आफ्नाे तस्बिर तयार गर्न आग्रह गरेपछि ज्ञानमाला एकेडेमी सर्रामा कक्षा १० मा अध्ययनरत विद्यार्थी स्मारिकाले उहाँकाे तस्बिर तयार पार्नुभएकाे थियाे । हुबहु तस्बिर तयार भएपछि हमालले स्मारिकालाई प्राेत्साहन स्वरुप दुुई हजार नगद राशी, टीका र खादाले सम्मान गर्नुभएकाे हाे ।
नमुना बहुभाषिक शिक्षालय घाेराहीका प्रिन्सिपल समेत रहनुभएका हमालले बालबालिकाहरुलाई प्राेत्साहित गर्न र उनीहरुकाे क्षमतालाई थप परिस्कृत गर्न आफुले सम्मान गरेकाे बताउनुभयाे । ‘कलाकारहरु राष्ट्रका गहना हुन, बालबालिकाहरु राष्ट्र कर्णधार हुन, उनीहरुकाे प्रतिभा उजागर गर्न र उनीहरुलाई उत्प्रेरित गर्न हाम्राे अहम् भूमिका हुनुपर्छ,’ हमालले भन्नुभयाे ।
आफ्नै तस्बिरलाई नियाल्दै हमालले स्मारिकालाई अब व्यवसायीक बन्न आग्रह गर्नुभयाे । आफ्नाे सिपलाई आयआर्जनसँग जाेड्न उहाँले सुझाव दिनुभयाे । रङ्गिन स्केच समेत तयार गर्ने सिपकाे विकास गर्न हमालले स्मारिकालाई सुझाउनुभयाे ।
सम्मान ग्रहण गर्दै स्मारिकाले रुचिकाे क्षेत्र भएकाले दैनिक अध्ययनपछिकाे खाली समयलाई सिर्जनात्मक कार्यमा सदुपयाेग गर्ने गरेकाे बताउनुभयाे । एसइइपछिकाे खाली समयलाई पूर्णरूपमा समय दिने स्मारिकाले बताउनुभयाे ।
स्मरण रहाेस, उहाँ घाेराही उपमहानगरपालिकाकाे ४७ औं स्थापना दिवसका अवसरमा गत माघ १५ गते चित्रकला विधामा नगर उत्कृष्ट भइ सम्मानित हुनुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस