अदिति केसी
घाेराही, ११ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा खेलकुद सप्ताह शुभारम्भ गरेकाे छ।


बिहीबारदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे उद्घाटन सर्राचाेकदेखि ज्ञानमाला एकेडमीसम्मकाे सडकखण्डकाे सरसफाइ गरि शुभारम्भ गरिएकाे थियाे । सरसफाइ पश्चात् खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिएकाे कार्यक्रम संयाेजक विमला केसीले जानकारी दिनुभयाे । सरसफाइमा शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।
खेलकुद सप्ताह अन्तर्गत पहिलाे दिन आयाेजित ‘सन्तुलन खेल’ मा कक्षा नर्सरीतर्फ निकेश पुन प्रथम, बिनिशा चाैधरी द्वितीय र आइशा चाैधरी तृतीय भएकाछन्। यसैगरी एलकेजीतर्फ नितान्त सुनार प्रथम, दिलमाया राना द्वितीय र प्राप्ति डिसी तृतीय भएकाछन् भने युकेजीतर्फ एन्सी चाैधरी प्रथम, आर्यन परियार द्वितीय र आराेही सुनार तृतीय भएकाछन् ।

कक्षा एकतर्फकाे ‘जुत्ता दाैड’ प्रतियाेगितामा दिया परियार प्रथम, दिव्या भण्डारी द्वितीय र माेनिका आग्री तृतीय भएकाछन् । कक्षा दुई र तीनकाे छात्रातर्फकाे १०० मिटर दाैडमा कक्षा तीनकी शिखा ओली प्रथम, साेही कक्षाकी गिरिष्मा चाैधरी द्वितीय र कक्षा कृष्णा महर तृतीय भएकाछन् । छात्रतर्फकाे साेही खेलमा कक्षा दुईका रिदम बिष्ट प्रथम, कक्षा तीनका कुशल जिएम् द्वितीय र युसन चाैधरी तृतीय भएकाछन् । कक्षा चार र पाँचकाे १०० मिटर छात्रातर्फकाे दाैडमा सुविज्ञा ओली प्रथम, सिमरन विक द्वितीय र यशु चाैधरी तृतीय भएकाछन् भने छात्रतर्फ माधव नेपाली प्रथम, जनक डाँगी द्वितीय र शरद याेगी तृतीय भएकाछन् ।
कक्षा छ र सातकाे १०० मिटर दाैडमा छात्रातर्फ कक्षा सातकी शान्ति नेपाली प्रथम, कक्षा छ कि अनिता सुनार द्वितीय र साेही कक्षाकी इच्छा थापा तृतीय भएकाछन् भने छात्रतर्फ कक्षा सातका समीर नेपाली प्रथम, बिमल पुन द्वितीय र कक्षा छ का अंकित चाैधरी तृतीय भएकाछन् । कक्षा आठदेखि दशसम्मकाे छात्रातर्फ कक्षा दशकी सबिना चाैधरी प्रथम, कक्षा नाैंकी शिखा चाैधरी द्वितीय र कक्षा आठकी निर्जला चाैधरी तृतीय भएकाछन् । छात्रतर्फ कक्षा दशका रुपक चाैधरी प्रथम, कक्षा नाैं का अभिषेक बिक र कक्षा दशका समीर नेपाली तृतीय भएकाछन् ।
बिहिवार सम्पन्न छात्रातर्फकाे अन्तर्सदनात्मक कपर्दी प्रतियोगितामा कञ्चनजंघा सदनका स्मारिका चाैधरी, आरती जिसी, शिखा चाैधरी, सृष्टि केसी, चेतना आचार्य, गिरिशा पाण्डे, सृष्टि चाैधरी, सदिक्षा भण्डारी र माेनिका लामिछाने प्रथम भएकाछन् । उक्त प्रतियोगितामा सगरमाथा सदनका निर्जला चाैधरी, निर्जला दहित, अस्मिता चाैधरी, आर्जु चाैधरी, उन्नति केसी, जसिका डाँगी, अनिता सुनार, स्वस्तिका बुढाथोकी र अंकिता चाैधरी द्वितीय भएकाछन् ।
एकेडेमीका प्रतियोगिताहरु मंसिर १७ गते बुधबारसम्म सञ्चालन हुने खेलकुद संयाेजक सन्दिप चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार मंसिर १७ गते अभिभावकका लागि घैंटा फाेड र कुर्सी दाैड प्रतियोगिता समेत सञ्चालन गरिने भएकाले अभिभावकहरु उक्त दिन उपस्थित भइदिनहुन संयाेजक चाैधरीले अनुराेध गर्नु भएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस