दाङ, २५ मंसिर । प्राज्ञिक बिधार्थी परिषद्ले बुधबार घोराहीमा आयोजना गरेको “मेरो देश-मेरो जिम्मेवारी” शिर्षकको वक्तृत्वकला प्रतियोगितामा घोराही-१६, सर्रास्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा अदिति केसी प्रथम भएकी छिन् ।
३४ जना सहभागीसँग प्रतिस्पर्धा गर्दै केसी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा मनकामना अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत छात्रा सविना तामाङ दोस्रो र दिपशिखा आवासीय माविमा कक्षा १० मा अध्ययनरत छात्रा तेजस्वी डाँगी तेस्रो भएका छन् l
यसैगरी राजविधा पाठशालामा कक्षा ९ मा अध्ययनरत अर्नभ चौवे र जयशेर माविमा कक्षा १० मा अध्ययनरत उर्मिला बुढा मगर सान्त्वना भएका छन् ।
प्राज्ञिक विधार्थी परिषद घोराही नगर सचिव आर्यन क्षेत्रीको अध्यक्षता र दाङ भ्याली कलेज घोराहीका प्रमुख बिष्णु प्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाईले गर्नुभएकाे थियाे ।












