दाङ, १८ फाल्गुन ।
प्रेस चौतारी दाङले आफ्ना जिल्ला कमिटी सदस्यमाथि अज्ञात समुहबाट भएकाे आक्रमणकाे निन्दा गरेकाे छ ।

प्रेस चाैतारी नेपाल दाङ जिल्ला अध्यक्ष सुधासुमन ढकालले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य सुशील परियारमाथि भएकाे आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउनु भएकाे छ । फाल्गुन १७ गते साँझ बंगलाचुलीबाट घोराही आउने क्रममा चार जनाको अज्ञात समूहद्वारा बाटो छेकेर परियारमाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएकाे छ, ‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो, र पत्रकारहरुले आफ्‌नो कर्तव्य निर्वाधरुपमा निर्वाह गर्न पाउने अधिकार सुनिश्चित गर्नू सम्पूर्ण राज्य संयन्त्र तथा समाजको दायित्व हो । यस किसिमका घटनाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि खतरा उत्पन्न गर्ने भएकाले दोषिलाई यथाशिघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गर्दछौं ।’

अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा तत्काल अनुसन्धान गरी दोषीमाथि उचित कानुनी कारबाही गर्न, पिडित पत्रकारलाई आवश्यक सुरक्षा व्यवस्था गर्न तथा भविष्यमा यस्ता घटनाहरु नदोहोरिने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग आग्रह गरिएकाे छ । घटनालाई उपेक्षा नगरी अपराधीहरुलाई छिटो भन्दा छिटो पत्ता लगाई नियमानुसारको कारबाही अगाडी बढाउन प्रेस विज्ञप्तिमार्फत अध्यक्ष ढकालले माग गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस