दाङ, असार ४ । सामाजिक सेवाको उच्च भावना बोकेका अटोधनी रेसु घिमिरेले घोराही उप–महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई लक्षित गर्दै एक सकारात्मक र मानवीय पहल सुरु गरिएका छन्। अटोधनी रेसु घिमिरेले अतिविपन्न जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीहरूका लागि निःशुल्क यातायात सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ।

उहाँले लुम्बिनी प्रदेशमा दर्ता नं. ००ह०३७० रहेको आफ्नै सवारी साधन प्रयोग गरी प्रत्येक दिन बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म लक्ष्मीपुर स्वास्थ्य चौकी र घोराही अस्पतालसम्म बिरामीहरूलाई सुरक्षित रूपमा ओसार–पाेसार गर्ने व्यवस्था मिलाउनुभएको हो। यो सेवा विशेषगरी आर्थिक अभावका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकहरूको राहतका लागि सुरुआत गरिएको उहाँ बताउनु हुन्छ ।

वडा नं. ४ का वडाध्यक्ष मधुसुदन शर्माले एक सुचना मार्फत याे सामाजिक सेवामूलक कार्यप्रति धन्यवाद व्यक्त गर्दै रेसु घिमिरेको प्रयासले अन्य नागरिकहरूलाई पनि समाजसेवातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । उहाँले यस्तो सहयोगले स्थानीय तहमा सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने पनि बताउनुभयो।

यो सेवा प्रयोग गर्न इच्छुक सेवाग्राहीहरूले सम्पर्क नम्बर ९८१२८०१५१० मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। समाजमा यस्ता सहृदय पहलहरूले आपसी सहयोग र सद्भाव बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस