काठमाडौँ, असार ४ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग शान्ति सम्झौताको कुनै सम्भावना नरहेको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत खामेनीले इजरायली आतङ्कवाद अन्त्यका लागि लड्ने स्पष्ट संकेत दिएका बीबीसीले जनाएको छ।
उनले युद्ध अब मात्र सुरु भएको चेतावनीसमेत दिएका छन्। यसअघि अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने टिप्पणी गरेका थिए। खामेनीको तर्फबाट आएको यो जवाफ त्यसको प्रतिकृया स्वरूप आएको बुझिएको छ।
ट्रम्पले यदि अमेरिका यो द्वन्द्वमा प्रत्यक्ष संलग्न भएमा इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
अमेरिका इजरायललाई सैन्य सहयोग गर्दै आएको छ, यद्यपि पछिल्लो तनावको सन्दर्भमा अमेरिकाले औपचारिक रूपमा आफ्नो भूमिकाबारे केही बोलेको छैन।












