घाेराहि, असार १० । घोराही उपमहानगरपालिका–१५ स्थित सहिद गुम्राह चोकको पिपल बोट चौतारीमा जय महाकाल समूह, घोराही नगर समितिले बिहान र साँझ निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त सेवा बिहान १० बजेदेखि ११:३० बजेसम्म र साँझ ६ बजेदेखि ७:३० बजेसम्म सञ्चालनमा रहने समूहले जनाएको छ।

निःशुल्क भोजन कार्यक्रम अन्तर्गत हालै सम्पन्न एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔँ अभियान’का संयोजक सविन प्रियासनको पनि उपस्थिति रहेको थियो।

समूहका सचिव केशव गिरीका अनुसार विभिन्न व्यक्तिहरू तथा दाताहरूको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको हो। साथै, यो सेवामा जो–कोहीले सक्दो सहयोग गर्न सक्ने गिरीले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस