असार २८, काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज जम्मा एक मिनेटमै सम्पन्न भएको छ। महानगर प्रमुख बालेन शाहले बैठक प्रारम्भ गर्दै आउँदो असार २९ गते नगरसभा बस्ने जानकारी दिएका थिए। जानकारी दिएलगत्तै उनले बैठक छोट्याउँदै बाहिरिएको स्रोतले जनाएको छ।

बैठकमा कुनै एजेन्डा प्रस्तुत वा छलफल नहुँदा उपस्थित सदस्यहरू आश्चर्यचकित बनेका थिए । नगरसभा नजिकिँदै गर्दा यसरी छोटो अवधिमा बैठक सकिनुले राजनीतिक वृत्तमा विभिन्न चर्चा र शंका उत्पन्न गराएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस