दाङ,असार ३२ । स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङलाई प्रथम सेवा विन्दु तथा रिफरल केन्द्रका रूपमा आगामी असोज मसान्तसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूची अनुसार संघीय, विशेषज्ञ, विशिष्टीकृत अस्पताल तथा प्रतिष्ठानहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नरही केवल प्रेषण केन्द्र कायम गर्ने व्यवस्था छ। तर बीमितहरूको सहज स्वास्थ्य सेवा पहुँचलाई ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसअनुसार बोर्डले हाललाई वैकल्पिक रूपमा सेवा विन्दु कायम गर्ने निर्णय गरेको हो।

यसै सन्दर्भमा, मिति २०८२ असार ३२ गते बोर्डद्वारा जारी पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तथा रिफरल केन्द्रका रूपमा सेवा सञ्चालन गर्न स्पष्ट रूपमा निर्देशन दिइएको छ।

पत्रमा उल्लेख अनुसार, असोज मसान्तसम्म सेवा प्रदान गरिनेछ भने त्यसपछिको निर्णय पुनः समीक्षा गरी तय गरिने जनाइएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि लुम्बिनी प्रदेशस्थित प्रदेश कार्यालय र दाङस्थित जिल्ला सम्पर्क शाखालाई आवश्यक समन्वय तथा सहजीकरण गर्न पनि पत्रमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस