दाङ, साउन १९ । दाङको लमही–घोराही सडकखण्ड चार दिनका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा शनिबार बसेको सर्वपक्षीय बैठकले घोराही सडकखण्ड अन्तर्गतको मसोट खोला पुलको आकस्मिक मर्मतका कारण साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो।

मर्मत अवधिमा यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस