भरत वली

रोल्पा, भदाै ११ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन हुने भएको छ। समितिको अधिवेशन भदौ १४ गते लिबाङमा तय गरिएको हो।

निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले सार्वजनिक गरेको तालिकाअनुसार भदौ ११ गतेदेखि सम्पूर्ण प्रक्रिया सुरु हुनेछ। ११ गते दिउँसो पाँच बजे मतदाताको नामावली प्रकाशित हुनेछ। १२ गते दिउँसो चार बजेसम्म नामावलीमा दाबी–विरोध गर्न पाइनेछ, र त्यही दिन साँझ पाँच बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ। १३ गते दिउँसो चार बजेदेखि छ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यसपछि साँझ साढे छ बजे मनोनयन सूची निकालिनेछ।

१४ गते बिहान साढे सात बजेसम्म मनोनयनमाथि दाबी–विरोध गर्न सकिन्छ। बिहान आठ बजे अन्तिम उम्मेदवारको नामावली आउनेछ। त्यसपछि  बिहान नौ बजेदेखि दिउँसो पाँच बजेसम्म मतदान प्रक्रिया सुरु हुनेछ।

मतदान सकिएलगत्तै साँझ छ बजेदेखि मतगणना सुरु हुनेछ। मतगणना सकिएपछि नतिजा सार्वजनिक गरिनेछ। र, अन्तिममा, विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण भने भदौ १५ गते बिहान आठ बजे गरिनेछ।

समितिले तोकिएको तालिकाअनुसार सबै सरोकारवालालाई समयमै उपस्थित भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस