दाङ, भदौ ३० । दशैं, तिहार र छठलाई लक्षित गर्दै दाङमा यस वर्ष पनि सुपथ मूल्य पसल सुरु भएको छ। तर यसपालि उपभोक्ताले चामल, चिनी र नुन मात्रै सहुलियत दरमा पाउनेछन्।

साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने जनाएको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले विभिन्न किसिमका चामलमा पाँच रुपैयाँ र चिनीमा पाँच रुपैयाँसम्म छुट दिएको छ। नुन र चिनी दुवैमा प्रति व्यक्ति पाँच–पाँच किलो मात्र लिन पाइने व्यवस्था गरिएको छ।

सरकारको निर्णयअनुसार देशभरका दर्जनौं स्थानमा सहुलियत पसल सञ्चालनमा आए पनि दाङमा भने आवश्यक अन्य खाद्यवस्तु (तेल, दाल, गेडागुडी आदि) उपलब्ध नहुँदा उपभोक्ताले अपूर्ण सुविधा पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस