दाङ, भदौ ३० ।  तुलसीपुरमा भएको आगलागीका कारण सवारी नम्बर प्लेट, ब्लुबुक नवीकरणलगायतका सेवा ठप्प भएका छन्। भवन र उपकरण जलेर नष्ट भएपछि हजारौं सेवाग्राही समस्यामा परेका छन्।

कार्यालय प्रमुख टोपेन्द्र केसीका अनुसार आगलागीबाट करिब १२ करोड बराबरको क्षति भएको छ। त्यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरसफाइ र भग्नावशेष व्यवस्थापन कार्य अगाडि बढाइएको छ।

नागरिकता वितरणसमेत प्रभावित भएको इलाका प्रशासन कार्यालयका प्रमुख महेशकुमार गुरुङले बताए। उनका अनुसार पुराना अभिलेख जलेर नष्ट हुँदा प्रतिलिपि वितरणमा समस्या आउन सक्ने र कतिपय अवस्थामा दोहोरो नागरिकता प्रवाह हुने जोखिम देखिएको छ।

हाल सबै कार्यालयमा सरसफाइ, क्षतिको विवरण संकलन र पुनः सेवा सुचारु गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस