तुलसीपुर,भदौ ३० । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालयका अनुसार मृतक तुलसीपुर–७ गणेशपुरका बालाराम भण्डारीका ३ वर्षीय छोरा शिशिर भण्डारी रहेकाे बताइएकाे छ ।
प्रहरीका अनुसार आज अपराह्न करिब पौने ५ बजे खेल्ने क्रममा उनी घर नजिकैको कुलोमा बगेर बेपत्ता भएका थिए। गणेशपुरबाट बग्दै आएका शिशिर माताकोटी कल्भर्टमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीले खबर पाएका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालयको टोली इन्स्पेक्टरको नेतृत्वमा घटनास्थल पुगेको र उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। तर उपचारकै क्रममा करिब सवा ५ बजे शिशिरको मृत्यु भएको अस्पतालले जनाएको छ। हाल बालकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।












