काठमाडौँ,  भदौ ३१ । सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा देशलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको बताउँदै आवश्यक सहयोग गर्ने मन्त्रालयको प्रतिबद्धता दोहोर्याए ।

चाडपर्व नजिकिँदै गर्दा आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री पर्याप्त मौज्दात रहेको भन्दै सचिवद्वयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता र बिक्रेतासहित सरोकारवाला सबैलाई अभाव सिर्जना हुने गरी अनावश्यक रूपमा वस्तु सञ्चित नगर्न आग्रह गरे । आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने भएकाले सर्वसाधारणले पनि वस्तु संचित नगरी सामान्य खरिद गर्न मन्त्रालयले अनुरोध गरेको छ । परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई उद्योग–व्यवसाय सञ्चालनमा सक्रिय हुन मन्त्रालयले आह्वान गरेको हो

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस