घोराही, असोज १ । नेपाल अटो मेकानिकल ट्रेड युनियन घोराही नगर समितिले दाङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रङरोगन कार्य सुरु गरेको छ ।
बुधबार विश्वकर्मा पूजाको अवसर पारेर कार्यालयमा रङरोगन गर्न थालिएको समितिले जनाएको छ । नगर समितिका सल्लाहकार गोविन्द पौडेलका अनुसार करिब चार दिनभित्र रङरोगन कार्य पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ । समितिले यो कार्यका लागि करिब डेढ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुँदा क्षति पुगेपछि कार्यालय सञ्चालन र बसोबासमा समस्या भएको थियो । ट्राफिक प्रहरीलाई सहज वातावरण मिलोस भन्ने उद्देश्यले रङरोगन कार्य सुरु गरिएको समितिले जनाएको छ ।

