काठमाण्डौ, असाेज ३ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका–७ गुण्डुमा सर्नुभएको छ । जेन–जी आन्दोलनपछि गएको भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।
ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर गुण्डुमा सर्नुभएको हो । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटको निवासमा आगजनी तथा तोडफोड भएको थियो ।

