गन्तव्यतर्फ जाँदै सवारीसाधन मलेखु (धादिङ), १० असोजः दसैँ नजिकिएसँगै काठमाडौँबाट पृथ्वीराजमार्गअन्तर्गत धादिङ हुँदै पूर्व–पश्चिमका जिल्लातर्फ जाँदै गरेका सवारीसाधन । धादिङको जवाङखोला र चितवनको तुइनखोलाको पहिरोले एक सातादेखि असहज बनेको पृथ्वीराजमार्गको यात्रा आजदेखि सहज बनेको छ । तस्बिरः शङ्कर श्रेष्ठ÷रासस

काठमाण्डौ, ११ असाेज । यतिबेला देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ ।

अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुले सहज रुपमा यात्रा गरिरहेका ट्राफिक प्रहरीको भनाइ छ । तर बेलाबेला पानी परिरहेको र मुग्लिन–नारायणगढ लगायतका सडकमा सुक्खा बेला पनि पहिरो खस्ने जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै सडक विभागले काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । तोकिएको भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस