घोराही, ७ फाल्गुन । प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवननगर जेसीजद्वारा आयोजित ‘त्रिभुवननगर जेसीज हाजिरीजवाफ प्रतियोगिता –२०२५’ बुधबार सम्पन्न भएको छ ।
स्वर्गीय किरण दाहालको स्मृतिमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनज्योति विद्यामन्दिर घोराही प्रथम भएको थियो । यसैगरी, दिपशिखा आवासीय माध्यमिक विद्यालय द्वितीय र गोरखा इन्टरनेशनल माध्यमिक विद्यालय तृतीय भएका थिए । गुरुकुल एकेडेमीकाे प्राङ्गणमा सञ्चालित उक्त प्रतियोगिता माध्यामिक तह अन्तर्गत कक्षा ९ देखि १२ सम्मकाे रहेकाे थियाे ।
त्रिभुवननगर जेसीज वर्ष–२०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ११ ओटा विद्यालयको सहभागीता रहेको थियो ।
दुइवटा चरणमा सञ्चालन गरिएको प्रतियोगिताको फाइनल चरणमा ५ ओटा विद्यालयहरुबिच प्रतिस्पर्धा गराइएको थियो । उक्त प्रतियोगिताको जुरीमा निशान्त आचार्य, डा। लोकराज पराजुली र शारदा योगी रहनुभएको थियो ।
कार्यक्रम संयोजक अभिषेक बोहोराकाे स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्णदेव थापाले गर्नुभएको थियो भने क्विज मास्टरको भूमिकामा कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा रहनुभएको थियो ।

