घाेराही, १९ पाैष । कक्षा १० सम्म अध्ययनरत छात्राहरुकाे बाैद्धिक क्षमता मापन गरिने मेधावी छात्रा २०८२ आयाेजना गरिएकाे छ।

प्याब्सन दाङकाे आयाेजना, एपेक्स कम्प्युटरकाे प्रायाेजन तथा गाेरक्ष दैनिककाे मिडिया पार्टनरमा सञ्चालित मेधावी छात्रा प्रतियोगिताकाे २०औं संस्करण शनिबार माउन्ट भ्यू इङ्लिश बाेर्डिङ स्कुल घाेराहीमा सञ्चालन गरिएकाे छ।

प्याब्सन दाङमा आवद्ध निजी विद्यालयमा कक्षा १० सम्म अध्ययनरत छात्राहरुबीच भएकाे बाैद्धिक प्रतिस्पर्धात्मक प्रतियोगिता मेधावी छात्रामा जिल्लाका ५७ विद्यालयका एक सय ६४ छात्राहरुले प्रतिस्पर्धा गरेका छन् ।

एक सय पूर्णाङ्ककाे अंग्रेजी, गणित र विज्ञान विषयका वस्तुगत प्रश्नहरु रहने प्रतियोगिताका दस उत्कृष्ट छात्राहरुलाई प्याब्सन दाङकाे स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने प्याब्सन दाङले जानकारी दिएकाे छ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुण शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा बाेल्ने वक्ताहरुले निरन्तर मेहनत, धैर्य र अनुशासनले सफलता प्राप्त गर्न सकिने बताएका थिए । मेधावी छात्रा प्रतियोगिता छात्राहरुकाे बाैद्धिक साैन्दर्यतालाई बाहिर ल्याउन नै आयाेजना गरिएकाले आफ्नाे बाैद्धिक क्षमता निर्धक्क साथ प्रस्तुत गर्न वक्ताहरुले प्राेत्साहित गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि अरुण शर्मा, प्रायाेजक एपेक्स कम्प्युटरका सञ्चालक धर्म बहादुर केसी, मेधावी छात्रा २०८१ विजेता माउन्ट भ्यू बाेर्डिङ स्कुलकी छात्रा रक्षा शर्मालगायतले मन्तव्य राख्नुभएको थियाे । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे उद्घाटन कार्यक्रमकाे सञ्चालन सचिव आदिम केसीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस