घाेराही, २४ माघ । घोराही १७ चाैघेरास्थित मनकामना इङलिस बोर्डिङ स्कुलले आफ्नाे २३औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न गरेकाे छ ।

विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे । उक्त अवसरमा प्रमुख अतिथि न्याैपानेले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान चर्चा गर्दै मनकामना इङलिस बोर्डिङ स्कुलले निरन्तररूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

वार्षिकोत्सव समारोहका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले शिक्षा र सञ्चारबीचको सम्बन्धबारे चर्चा गर्दै सशक्त शिक्षा नै समुन्नत समाजको आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई सिर्जनशील, आलोचनात्मक र जिम्मेवार नागरिक बनाउन विद्यालयको भूमिका महत्वपूर्ण रहनेमा जाेड दिनुभयाे।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीले हरेक विद्यार्थीमा विलक्षण प्रतिभा हुने भएकाले अभिभावक र विद्यालयले पहिचान गरि प्राेत्साहित गर्नुपर्ने बताउनुभयाे । बालबालिकालाई हताेत्साहित हुने गरि कसैले पनि अभिव्यक्ति दिन नहुनेमा घर्तीले सचेत गराउनुभयाे। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विमल जैसीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

वार्षिकोत्सव समाराेहमा विभिन्न विधाका वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे भने  विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । विद्यालयका शैक्षिक निर्देशक पदम गिरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षकद्वय प्रदिप बुढा र उपासना चन्दले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस