घाेराही, २६ जेठ । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चाैंथाेदिन युवाहरुसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । युवाहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरि वित्तीय क्षेत्रमा सफल उद्यमी एवम् व्यवसायी बनाउनुुका साथै वित्तीय व्यवस्थापन गरि सहज जीवनयापन गर्न सचेत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएकाे आयाेजकले जनाएका छन् ।

दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डेकाे प्रमुख आतिथ्यतामा अम्बिकेश्वरी क्याम्पसमा तालिम सञ्चालन गरिएकाे थियाे । कार्यक्रम संयाेजक जेसी रेमन्ता पुनकाे स्वागत मन्तव्यबाट सुरुभएकाे तालिमकाे उद्घाटन समाराेहमा जेसी दीपा पुनले आस्थापाठ गर्नुभएको थियाे भने अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

तालिममा सहभागी अम्बिकेश्वरी क्यापसका विद्यार्थीहरुलाई वित्तीय साक्षरताका विषयमा तालिमका प्रशिक्षक एवम् त्रिभुवननगर जेसीजका सदस्य सिए दिपक सेठीले प्रशिक्षण दिनुभएको थियाे । तालिमका सहभागी तथा अतिथिहरुलाई कार्यकारिणी उपाध्यक्ष जेसी भिमा डिसीले धन्यवाद व्यक्त गर्नुभएको थियाे भने सहजीकरण महासचिव जेसी बसन्ती सुवेदीले गर्नुभएकाे थियाे ।

दाङ महिला जेसीजले सामाजिक उत्तरदायित्व तथा सचेतनामूलक कार्यक्रमहरु समावेश गरि आफ्नाे जेसीज सप्ताह २०२६ जेठ २३ गतेदेखि सञ्चालन गर्दै आएकाे छ भने सप्ताहकाे समापन जेठ ३० गते शनिबार गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस