घाेराही, २९ जेठ । दाङ महिला जेसीजले शैक्षिक सामग्री हस्तान्तरण गरेकाे छ । जेसीज सप्ताह २०२६ अन्तर्गत बिहिबार दाङ महिला जेसीजले घाेराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी स्थित सरयू रात्री प्राथमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।

दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीकाे प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएकाे थियाे । हस्तान्तरण कार्यक्रममार्फत विद्यालयलाई २५ दर्जन कापी, १६ दर्जन पेन्सिल, पाँच दर्जन कटर, तीन दर्जन इरेजर, ३० ओटा पानी पिउने टुमलेट, २२ ओटा झाेला र तीन ओटा बल हस्तान्तरण गरिएकाे थियाे । उक्त सामग्रीहरु त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने विद्यालयले जनाएकाे छ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले शैक्षिक सामग्री हस्तान्तरणले बालबालिकाहरुकाे अध्ययन तथा शैक्षिक क्रियाकलापमा महत्वपुर्ण सहयाेग पुग्नेमा विश्वास व्यक्त गरेका थिए । उनीहरुले दाङ महिला जेसीजले सामाजिक उत्तरदायित्वभित्र रहेर समाजमा पुर्याएकाे महत्वपूूर्ण भूमिकाप्रति प्रशंसा गरेका थिए ।
कार्यक्रम संयाेजक जेसी सञ्जीता सुनारकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जेसी सुलाेचना शर्माले आस्थापाठ गर्नुभएको थियाे भने सप्ताहका मूल संयाेजक जेसी आराधना सिंह ठकुरीले कार्यक्रमहरुकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । उक्त अवसरमा त्रिभुवननगर जेसीज वर्ष २०२६ का अध्यक्ष मिनराज भाट, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष अनिता ढकाल, पूर्वअध्यक्ष जुनु बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर नेपाली र प्रधानाध्यापक गिरिराज भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रमकाे सहजीकरण कानुनी सल्लाहकार जेसी लक्ष्मी चाैधरीले गर्नुभएको थियाे ।
जेठ २३ गतेदेखि विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम गर्दै आएकाे दाङ महिला जेसीजले जेसीज सप्ताह २०२६ भाेली जेठ ३० गते शनिबार समापन गर्दैछ ।











