oplus_2

घाेराही, ६ असार । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा आधारभूत तह कक्षा ६ देखि ८ सम्मकाे हाजिरी जवाफ प्रतियोगिता शनिबार जनज्योति विद्यामन्दिर घाेराहीमा सम्पन्न भएकाे छ।

प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । प्रतियोगितामा जनज्योति विद्यामन्दिरका साहाना उप्रेती, भिमसेन थापा र पुजनदेव खड्काकाे समूह प्रथम भएकाे छ भने मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका विपुल यादव, चेतना सुनार र सुप्रिम विश्वकर्माकाे समूह द्वितीय भएकाछन् । यसैगरी दीपशिखा सेकेन्डरी बाेर्डिङ स्कुलका सदिक राजभण्डारी, सराेज विष्ट र सम्बिदा अधिकारीकाे समूह तृतीय र सभ्यता पाठशालाका आभाष घर्ती मगर, सुमेधा झा, युनिक ओलीकाे समूह सान्त्वना भएकाछन् ।

४१ विद्यालयहरुकाे सहभागीता रहेकाे प्रतियोगिताकाे छनाैट चरणमा पाँच ओटा समूहमा ती विद्यालयहरुलाई विभाजन गरि प्रत्येक समूहका प्रथम र द्वितीयलाई फाइनल चरणमा प्रतिस्पर्धा गराइएकाे थियाे । फाइनल चरणमा ज्ञानमाला एकेडेमी, सिद्धार्थ एकेडेमी, ज्ञानकुञ्ज इङ्लिस मिडियम स्कुल, दीपशिखा आमावि, ज्ञानाेदय सेकेन्डरी इङलिस स्कुल, मदन भण्डारी मेमाेरियल स्कुल, सभ्यता पाठशाला, ज्ञानसिन्धु उमावि, मेचिकाली सेकेन्डरी बाेर्डिङ स्कुल र जनज्योति विद्यामन्दिरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियाेगिताकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुकाे बाैद्धिक क्षमताकाे विकास गर्ने बताउनुभयाे । उहाँले नेपालकाे बाैद्धिक ज्ञानकाे स्तर बृद्धिमा यस्ता प्रतियोगिताले थप टेवा पुर्याउने भन्दै विद्यार्थीहरुलाई प्राेत्साहित गर्नुभयाे ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द र जनज्योति विद्या मन्दिरका प्रिन्सिपल पिताम्बर शाहले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतियोगिताकाे छनाैट चरणमा क्विज मास्टरकाे भूमिकामा नवराज खत्री, श्रवण चाैधरी, राजेन्द्र चन्द, स्वस्तिमा एमसी र गाेविन्द बसेल रहनुभएकाे थियाे भने फाइनल चरणमा नगर सदस्य डिल्लीराज शर्मा रहनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस