घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला र हिज्जे प्रतियोगितामा क्रमश: स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुल र दीपशिखा सेकेन्डरी स्कुल प्रथम भएकाछन् ।

गुरुकुल एकेडेमीमा भएकाे कक्षा एकदेखि तीनसम्मकाे चित्रकलामा स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुलका अम्बिका बहकरी प्रथम भएकी हुन् । उक्त प्रतियोगितामा साेही बिद्यालयका प्रज्वल राेका मगर द्वितीय भएकाछन् । यसैगरी ज्ञानज्याेती प्राेगेसिभ स्कुल नारायणपुरकी एलिशा विश्वकर्मा तृतीय भएकीछिन् भने जनज्योति विद्यामन्दिरका आक्राेश श्रेष्ठ सान्त्वना भएकाछन् । चित्रकला प्रतियोगितामा घाेराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सन घाेराहीमा आवद्ध ३३ विद्यालयका प्रतियाेगिहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा राष्ट्रिय जनावर गाई र राष्ट्रिय फूल लाली गुराँसकाे चित्र बनाउन लगाएकाे थियाे ।
आइतबार सम्पन्न कक्षा चार र पाँचकाे अंग्रेजी हिज्जे प्रतियोगितामा दीपशिखा सेकेन्डरी स्कुलका यशस्वी अधिकारी, सम्पन्न रेग्मी र साइलेन जिएम् प्रथम भएका थिए । उक्त प्रतियोगितामा नारायणपुरस्थित एप्पल एकेडेमीका जियान्सी ओली, कृतम भुषाल र मित्रता बस्नेत द्वितीय भएका थिए । यसैगरी माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुलका आदर्श पाैडेल, जुलिएन बस्नेत र साया बिष्ट तृतीय भएका थिए भने जनज्योति विद्यामन्दिरका ग्रिष्मा लम्साल, मधुमिता धिताल र प्राइज ओली सान्त्वना भएका थिए । प्रतियोगिताका विजेताहरुलाई समापन समाराेहमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएकाे थियाे ।
उक्त प्रतियोगिताकाे छनाैट चरणमा ४३ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । पाँच ओटा समुहबाट दस ओटा विद्यालयले फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणका लागि दीपशिखा सेकेन्डरी स्कुल, एप्पल एकेडेमी, माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुल, जनज्योति विद्यामन्दिर, गुरुकुल एकेडेमी, बालकुञ्ज इङलिस मिडियम स्कुल, मेचीकाली सेकेन्डरी बाेर्डिङ् स्कुल, युनिक मिड वेस्टर्न बाेर्डिङ स्कुल, माेडेल इङलिस स्कुल र सभ्यता पाठशालाले प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणकाे सहजीकरण नगर सदस्य डिल्लीराज शर्माले गर्नुभएको थियाे ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् केन्द्रीय सदस्य महेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताहरु सञ्चालन गरिएकाे थियाे । प्रतियोगिताकाे उद्घाटन सत्रमा बाेल्दै केन्द्रीय सदस्य अधिकारीले प्रतियोगितामा विद्यालयकाे प्रतिनिधित्व गरि सहभागीता हुनु पनि जित भएकाे बताउनुभयाे । उहाँले प्राविधिकरुपमा उत्कृष्ट स्थान लिन नसकेता पनि यस्ता प्रतियोगिताबाट विद्यार्थीहरुले सिकाइ हासिल गर्ने बताउनुभयाे ।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे उद्घाटन समाराेहमा जिल्ला सचिव आदिम केसी र गुरुकुल एकेडेमीका प्रिन्सिपल प्रदिप राजभण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












