घाेराही, ४ जेठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल  दाङ आउनु हुने भएको छ । शहिद नेत्रस्मृति दिवसको अवसरमा नेकपा एमाले दाङले जेठ ६ गते तुलसीपुरको मेट्रोदरबारमा आयोजना गर्न लागेको ४१ औं नेत्र स्मृति दिवसलाई सम्बोधन गर्न एमाले महासचिव पोख्रेल दाङ आउन लाग्नु भएको हो ।

नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले पार्टी महासचिव सहभागि हुने सबै कार्यक्रममा सहभागिता जनाउन पार्टी पंक्ति, जनवर्गीय संगठन, शुभेच्छुक सबैमा अनुरोध गर्नुभएको छ ।

एमाले महासचिव पोख्रेलले जेठ ६ गते दिउँसो ४ बजे तुलसीपुरको बिजौरी, बाँसडबरा, सजनेवा, लक्षिणपुर हुँदै कोठरी जोड्ने १५ किलोमिटर सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारको अगुवाईमा निर्माण हुन लागि रहेको उक्त सडकको लक्षिणपुर मावि नजिकै शिलान्यास हुने तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो ।

यसैगरी एमाले महासचिवसँग जेठ ७ गते बिहान प्रेस चौतारी दाङले पत्रकार सम्मेलन गर्ने भएको छ । प्रेस चौतारी घोराही नगरको संयोजनमा हुन लागि रहेको पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ दाङको सभाकक्ष घोराहीमा बिहान ८ बजेदेखि सुरु हुने प्रेस चौतारी दाङले जनाएको छ ।

यसैगरी एमाले महासचिवले जेठ ७ गते विहान ११ बजे तुलसीपुर वडा नम्वर १९ मा प्रतिस्थापन गर्न लागिएको बुद्धप्रतिमाको अनावरण गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । सोही दिन १ बजे घोराहीको सभाकक्षमा एमाले दाङको आयोजनामा सम्पूर्ण जनप्रतिनिधि, पार्टी पंक्तिहरुलाई विशेष प्रशिक्षणको कार्यक्रम रहेको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिनुभयो ।

एमाले महासचिव दाङमा दुई दिन रहँदा दाङको विकास निर्माणको सन्दर्भमा विभिन्न पदमा रहेका व्यक्तित्वहरुसँग छलफल पनि गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस