घाेराही, १३ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।

गत माघ २० गते घरमा खेल्ने क्रममा दुर्घटना भइ उपचारत विद्यार्थी दिप्सन चाैधरी र उनका अभिभावकलाई मंगलबार बिमा चेक हस्तान्तरण गरिएकाे विद्यालयका प्रिन्सिपल महेश बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार विद्यालयले ६२ हजार ७ सय १२ रुपैयाँकाे चेक अभिभावक मिना चाैधरीलाई हस्तान्तरण गरेकाे हाे । विद्यालयकाे प्रार्थनाकाे समयमा विद्यालय सञ्चालक समितिका अध्यक्ष चिजबहादुर चाैधरीले विद्यार्थी दिप्सन चाैधरी र अभिभावक मिना चाैधरीलाई चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।

दुर्घटना बिमाकाे चेक प्राप्त गरेपछि अभिभावक मिना चाैधरीले खुसी व्यक्त गर्नुभयाे । उहाँले विद्यालयले बिमा गरि दिएर राहत गरेकाे बताउनुभयाे । ‘उपचार गर्दा धेरै खर्च भएकाे थियाे, स्कुलले बिमा गरिदिदा आफुलाई राहत भएकाे छ,’ अभिभावक मिनाले भन्नुभयाे, ‘हामी दुःख गरि खानेलाई यत्राे खर्च गरि उपचार गर्नुपरेकाे थियाे, स्कुल र बिमा कम्पनीलाई धेरैधेरै धन्यवाद छ ।’

दुर्घटना जुनसुकै स्थान र समयमा हुने भएकाले विद्यार्थीहरुकाे सुरक्षामा विद्यालय संवेदनशील भएरै शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झाैता गरि विद्यार्थीहरुकाे बिमा गरिएकाे अध्यक्ष चिजबहादुर चाैधरीले बताउनुभयाे । शैक्षिकसत्र २०८१ देखि नै विद्यार्थीहरुकाे दुर्घटना बिमा याेजना लागू गरिएकाे उहाँले बताउनुभयाे । सानासाना लापरबाहीले दुर्घटना हुने र उपचारका लागि धेरै खर्च गर्नुपर्ने अवस्था हुने हुँदा अभिभावकलाई राहत पुग्नेगरी विद्यालयले अभिभावकसँग छलफल नै नगरि स्वस्फूर्त बिमा कम्पनीसँग छलफल गरि अगाडि बढेकाे अध्यक्ष चाैधरीले बताउनुभयाे । विद्यार्थी र अभिभावककाे हितमा हुने याेजनाका लागि विद्यालय सधै सकारात्मक रहदै आएकाे उहाँले बताउनुभयाे ।

विद्यालयका प्रिन्सिपल महेश बस्नेतले विद्यार्थीहरुकाे दुर्घटना बिमाका सवालमा ज्ञानमाला एकेडेमी सबैभन्दा पहिले बिमा गर्ने विद्यालय रहेकाे र अहिले अन्य विद्यालयहरुले पनि याे याेजनालाई कार्यान्वयन गरेकाे दाबी गर्नुभयाे । उहाँले कक्षा नर्सरीदेखि कक्षा दशसम्मका सम्पुर्ण विद्यार्थीहरुकाे एक लाखसम्मकाे दुर्घटना बिमा शिखर इन्स्योरेन्स कम्पनी घाेराही शाखामा गरिदिएकाे बताउनुभयाे । उहाँका अनुसार अभिभावकहरुले दुर्घटना भएकाे एक महिनाभित्र विद्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । विद्यालयले अभिभावकबाट प्राप्त उपचारका आधिकारिक कागजात तथा बिलहरु बिमा कम्पनीमा पेश गर्ने र प्रक्रियाकाे केही समयपछि बिमा दावी बमोजिम रकम विद्यालयकाे खातामा आउने र उक्त रकम बराबरकाे चेक पिडितलाई विद्यालयले हस्तान्तरण गर्ने प्रिन्सिपल बस्नेतले बताउनुभयाे । विद्यालयले यस अघि दुईजना विद्यार्थीहरुलाई दुर्घटना बिमाकाे रकम हस्तान्तरण गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस