जेठ १८, काठमाडौँ — प्रख्यात साहित्यकार, गायक तथा सङ्गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे उहाँले अन्तिम सास लिनुभएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००४ सालमा भोजपुर जिल्लाको छिनामखुमा जन्मनुभएका रसिक केही समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। उहाँका “ओ याङ्जी नाना”, “नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर”, “धेरै सम्झे धेरै हुन्छ”, “रातो भाले क्वाँया क्वाँया” लगायतका कालजयी गीतहरू अत्यन्त लोकप्रिय छन्।
उहाँका साहित्यिक कृतिहरूमध्ये ‘क्षितिजलाई छुन खोज्दा’ नामक कथा सङ्ग्रह र ‘रसिकका गीतहरू’ शीर्षकको गीत सङ्ग्रह विशेष रूपमा चर्चित छन्।












