दाङ, असार ६ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेश सभाले आयोजना गरेको रिपोर्टिङ क्षमता अभिवृद्धि तालिम असार ५ गते दाङको देउखुरीमा उद्घाटन भएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम असार ५ र ६ गते सञ्चालन हुने जानकारी दिइएको छ।
कार्यक्रम संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा सम्पन्न भयको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख अतिथ्यता, सचिव दुलर्भकुमार पुन मगर विशिष्ट अतिथि तथा अन्य विशेष अतिथिका रूपमा संसदीय मामिला पत्रकार समाजका केन्द्रीय अध्यक्ष मनोज सत्याल, नेपाल पत्रकार महासङ्घ लुम्बिनी उपाध्यक्ष रामप्रसाद आचार्य, महासङ्घ दाङ अध्यक्ष सन्तोष सुवेदी लगायत पदाधिकारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो।
तालिममा तुलसीपुर, दाङ, प्युठान, भालुबाङ लगायत विभिन्न स्थानबाट पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सभामुख तुलाराम घर्ती मगरले, संसदीय प्रक्रिया र विधेयकका पक्ष–विपक्ष बुझ्न पत्रकारहरूमा स्पष्ट ज्ञान आवश्यक रहेको, पत्रकारहरूले तथ्यमा आधारित, निष्पक्ष र विवेचनात्मक रिपोर्टिङ गर्न सकून् भन्ने उद्देश्यले यस्ता तालिमहरू आवश्यक भएको बताउनु भयो। प्रदेश सभाको कामकारबाही जनतासमक्ष पुर्याउने मुख्य माध्यम पत्रकारिता हो, त्यसैले पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । उहाले भन्नू भयो ।
उक्त अवसरमा अध्यक्ष गौतमले भन्नु भयो , संसदीय प्रक्रिया र विधायन कार्य लोकतान्त्रिक अभ्यासका मूल आधार हुन्। ती विषयहरूलाई नागरिकसमक्ष स्पष्ट र प्रभावकारी रूपमा पुर्याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। तर, त्यसका लागि आवश्यक ज्ञान र सीप अझै विकास गर्न आवश्यक छ। यस्ता तालिमहरूले पत्रकारहरूलाई तथ्यमा आधारित, सन्तुलित र विश्लेषणात्मक दृष्टिकोणबाट रिपोर्टिङ गर्न प्रेरणा थिपिने समेत बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिब सी. पी. खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव नारायण खड्काले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले तालिमले संसदीय मामिलाको प्रभावकारी रिपोर्टिङ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।












