असार १२ । गएको राति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा सामान्य वर्षा भएको छ। पछिल्ला तीन घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा दोलखामा २१.४ मिलिमिटर मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, भेलबाढी आउने स्तरको भारी वर्षा भने कतै नभएको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज पनि देशभर वर्षाको सम्भावना रहेको छ। विशेषगरी दिउँसो कर्णाली प्रदेशमा र रातिको समयमा कोशी, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।













