घाेराही, २६ असार । मुलुकको समृद्धिका लागि महिलाहरु सिप अनि उद्यमशिलतामा जोडिनुपर्ने एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । अर्किड व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको १४ औं वार्षिकोत्सव तथा सर्टिफिकेट वितरण कार्यक्रममा सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
शुक्रबार घोराहीमा आयाेजित कार्यक्रमका सहभागिहरुले पछिल्लो समय पार्लर व्यवसाय पनि सम्भावना बोकेको व्यवसाय बनेको बताउदै महिलाहरुलाई आत्मनिर्भर बनाउन पार्लर व्यवसायको भूमिका अहम् रहेको बताएका थिए ।

अर्किड व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक मुना पाण्डेको अध्यक्षतामा आयाेजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आश्मानी चौधरीले महिलाहरु कुनै न कुनै सिप, पेशा, व्यवसायसँग जोडिनुपर्ने बताउँदै पार्लर व्यवसायलाई अझ राम्रो र व्यवस्थित बनाउन सकेमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सहज हुने बताउनुभयो ।
उक्त अवसरमा विशिष्ठ अतिथि जिल्ला बार दाङका अध्यक्ष गोमा महराले पार्लर व्यवसाय गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल व्युटिसियन संघ दाङका अध्यक्ष सुलोचना प्रधानले विगतको भन्दा अहिले पार्लर व्यवसाय गर्न सहज भएपनि पछिल्लो समय यसलाई थप व्यवस्थित बनाउने चुनौती आफुहरु माँझ आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले महिला दिदीबहिनीहरु कुनै न कुनै इलममा जोडिनुपर्ने बताउँदै समृद्धिका लागि महिलाहरु आत्मनिर्भर बन्नैपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, व्यवसायीहरु नारायण पाण्डेय, विपिन केसीलगायतकाले बोल्नु भएको थियो ।
पुजा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पावर्ती बस्नेतले गर्नु भएको थियो । उक्त अवसरमा केक काटेर संस्थाको जन्मदिन मनाइएको थियो भने व्युटिसियनहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।












