दाङ, साउन २७ । दाङको तुलसीपुरमा केरा बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा भारतको उत्तर प्रदेश, बहराइचका ३१ वर्षीय रियाज दिन र २१ वर्षीय सहचालक रितेश सोहनाकार रहेका छन्।
भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ आउँदै गरेको UP४०AT२०७४ नम्बरको मिनी ट्रक (आज) मंगलबार दिउँसो करिब १२:३० बजे तुलसीपुर–१३ दमारगाउँ नजिक अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा परेका दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
चालकका अनुसार गाडीको स्टेयरिङ फेल भएपछि दुर्घटना भएको हो। प्रहरीका अनुसार गाडी घटनास्थलमै रहेको छ।












