रोल्पा, भदाै ७ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम–राप्ती तथा बहादुरगंज अन्तर्गतको सुलिचौर सर्जिकल आँखा केन्द्रले सशुल्क आँखा अपरेशन शिविर सञ्चालन गर्ने भएको छ।

शिविरको आयोजना नेपाल नेत्रज्योति संघले गर्न लागेको हो भने लमही आँखा अस्पताल, दाङले प्राविधिक सहयोग गर्नेछ। आगामी भदौ २०, २०८२ गते बिहान १० बजेदेखि दिउँसोसम्म सुलिचौर सर्जिकल आँखा केन्द्र, रोल्पामा शिविर सञ्चालन हुने केन्द्रले जनाएको छ।

शिविरमा मोतिबिन्दु लगायत विभिन्न आँखाका रोगको उपचार र अपरेशन गरिनेछ। विशेषगरी मोतिबिन्दुको शल्यक्रिया Phaco मेशिनमार्फत सहुलियत मूल्यमा तथा SICS प्रविधिबाट निःशुल्क गरिनेछ। साथै आँखामा मासु पलाउने, आँखाको ढकनी तथा परेलासम्बन्धी समस्याको अपरेशन पनि न्युनतम दस्तुरमा उपलब्ध गराइनेछ।

सुलिचौर सर्जिकल आँखा केन्द्रले प्रत्येक तीन महिनामा दक्ष तथा अनुभवी प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञमार्फत आधुनिक प्रविधिबाट शल्यक्रिया गर्दै आएको छ।

अधिक जानकारीका लागि सुलिचौर सर्जिकल आँखा केन्द्र, रोल्पामा सम्पर्क गर्न आग्रह गरिएको छ।
(सम्पर्क नं.: ०८६-०४०१०१०, ९७४२२१५६०८, ११८६६८५७५८३)

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस