लमही, १० असोज । चाडपर्वको अवसरमा म्याद सकिएका तथा गुणस्तरहीन सामग्रीको खरिद–बिक्री बढ्न सक्ने भन्दै लमही नगरपालिकाले शुक्रबार बजार अनुगमन गरेको छ। उपभोक्ता हित संरक्षण शाखाको पहलमा गरिएको उक्त अनुगमनमा उद्योग वाणिज्य संघ र वडा प्रहरी कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

अनुगमन टोलीले लमही बजारका विभिन्न खाद्यान्न र किराना पसलहरूमा पुगेर वस्तुको गुणस्तर, मूल्य सूची, म्याद र स्वच्छतासम्बन्धी अवस्था निरीक्षण गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस