घाेराही, १४ मंसिर । घाेराही १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयकाे दाेस्राे शिक्षक-अभिभावक अन्तर्क्रिया सम्पन्न भएकाे छ।

विद्यालयका प्रिन्सिपल बिष्णु हमालकाे अध्यक्षता एवम् अभिभावक गाेपाल ओलीकाे प्रमुख आतिथ्यतामा अन्तर्क्रिया सम्पन्न भएकाे थियाे । अन्तर्क्रियाका प्रमुख अतिथि ओलीले विद्यालयले छाेटाे समयमै घाेराहीमा राम्राे काम गर्न सफल भएकाे भन्दै अझ प्रगति गर्न शुभेच्छा व्यक्त गर्नुभयाे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश कुमार जिएमले विद्यालयकाे आगामी वर्षका याेजनाका बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भएकाे थियाे । विद्यालयका प्रिन्सिपल बिष्णु हमालले कक्षामा सिमित संख्यामा विद्यार्थी राखी गुणस्तरीय शिक्षा प्रदान गरी विद्यालयलाई फरक तरिकाले अगाडि बढाउने बताउनुभयाे ।

उक्त अवसरमा कक्षा एकका छात्रा साेनिका थापा र कक्षा दुईका छात्र एन्जस घर्तीले पावर पाेइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए । अन्तर्क्रियामा उपस्थित अभिभावकले कक्षा शिक्षकहरुसँग विद्यार्थीहरुका विभिन्न क्रियाकलापका बारेमा जानकारी लिएका थिए ।

शिक्षक सन्जु पुनकाे स्वागत मन्तव्यबाट सुरु भएकाे अन्तर्क्रियामा अभिभावक चित्रबहादुर घर्ती, विद्यार्थीहरु आराेसी ओली, लियुना बुढामगर लगायतले मन्तव्य राख्नुभएको थियाे । अन्तर्क्रियाकाे सहजीकरण शिक्षक सरिता घर्तीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस