घोराही,१५ मंसिर । घोराही उपमहानगरपालिका–१० मा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गरेर एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थी रोशन घर्ती मगरलाई सम्मान गरेको छ ।
विद्यालयमा विज्ञान विषय लिएर २०८१ सालमा कक्षा १२ उत्तीर्ण गरेक घर्ती मगर चिकित्सा शिक्षा आयोगको MBBS Entrance Exam पास गरी नेपाल सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।
पूर्ण छात्रवृत्तिमा अध्ययन का लागि नाम निकाल्न सफल विद्यार्थी घर्तीमगरलाई विद्यालयले सोमबार बिद्यालयमा कार्यक्रमको आयोजना गरेर सम्मानसँगै नारायण बजार परिक्रममा गराएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीकाे अध्यक्षता एवं घोराही उपमहानगरपालिका-१० का अध्यक्ष दिपक पाण्डेयकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल, विद्यालय बिकास सरोकार समितिका संयोजक रमेशकुमार अधिकारी, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, विद्यार्थी सविना घर्तीमगरले बधाई ज्ञापन गर्दै रोशनीको मेहेनत, अनुशासन र लगनशीलताले सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका थिए। साथै सहभागीले सामुदायिक विद्यालयमा अध्ययन गरेर रोशनीले प्राप्त गरेको सफलताले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीका लागि समेत प्रेरणादायी उदाहरण भएको बताएका थिए।
विद्यालयका सहायक प्रधानाध्यापक भुपबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक युवराज बस्नेतले गर्नुभएकाे थियाे ।












