oplus_2

घाेराही, १९ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङकाे प्रधानाध्यापक भेला सम्पन्न भएकाे छ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाले ३५औं  स्थापना दिवस मनाउने निर्णय गरेकाे छ। भेलाले पुस २१ गते पत्रकार सम्मेलन गर्ने, २२ गते पालिका तहमा सामाजिक सेवामा आधारित कार्यक्रम गर्ने, २३ गते प्याब्सन र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गर्ने र २४ गते पुरस्कार वितरण तथा सम्मानका कार्यक्रम गरि समापन गर्ने निर्णय गरेकाे छ।

यसैगरी, माघमा हुने कक्षा १० काे प्रि-बाेर्ड र चैतमा हुने कक्षा ९ काे वार्षिक परीक्षा प्याब्सन दाङले सञ्चालन गर्ने भेलाले निर्णय गरेकाे छ। भेलाले विद्यार्थी भर्ना आचारसंहितालाई अनुमाेदन गरेकाे छ। अनुमाेदित आचारसंहिता अनुसार निजी विद्यालयहरुले अक्षरारम्भका अवसरमा प्ले ग्रुपमा नि:शुल्क भर्ना प्रचार गर्न नपाइने, शैक्षिकसत्र २०८३ का लागि कक्षा नर्सरीदेखि नाैंसम्मकाे प्रि-रजिस्ट्रेसनकाे प्रचार गर्न नपाइने, शैक्षिकसत्र २०८३ का लागि आगामी चैत १८ गतेदेखि मात्र भर्ना प्रचार गर्न पाइने तर भर्ना शैक्षिकसत्र २०८३ बैशाख १ देखिमात्र सञ्चालन गर्ने रहेकाे छ।

भेलाले कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि वक्तृत्वकला, छात्रका लागि भलिबल र छात्राका लागि ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे छ। यसैगरी प्याब्सन दाङकाे मेघा प्राेजेक्टकाे रुपमा ‘जर्नी टु जिनियस एक्स्पाे’ आयाेजना गर्ने निर्णय गरेकाे छ।

प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे भेलालाई प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरी, केन्द्रीय सदस्य रेशमबहादुर बुढाले सम्बाेधन गर्नुभएको थियाे । भेलामा प्रस्तुत प्रस्तावमाथि पालिका अध्यक्ष तथा प्रिन्सिपलहरुले आ-आफ्ना धारणा राख्नुभएको थियाे । भेलालाई जिल्ला सचिव आदिम केसीले सहजीकरण गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस