घोराही, २६ पाैष । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले हिंसामुक्त समाज समृद्धिको आधार भएको बताउनु भएको छ ।
घोराही १५ विकासनगर टोलस्थित विकास नगर हिंसा नियन्त्रण समितिले आयोजना गरेको एक हप्ते उद्घोषण एवम् भाषणकला तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रियासनले महिला दिदी बहिनीहरुलाई सक्रिय, जुझारु बनाउनका लागि आयोजना गरिएको तालिम सह्रानिय भएको बताउनुभयो । लैंगिक हिँसा मुक्त नगर बनाउन टोलबासीको भूमिका के हुन सक्छ, उद्घाेषण एवम् भाषणकलामा कसरी निपूर्ण हुनेलगायतका विषयहरु सो अवसरमा सिकाइएको थियो । कार्यक्रमका प्रमुख वक्ता घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले हरेक टोलको सक्रियताले मात्र हिंमा रहित समाज निर्माण हुने बताउनुभयो ।
समितिका संयोजक जानका रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष बेचन वली, सचिव दिपक वलीलगायतकाले बोल्नु भएको थियो । समितिका उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अनिता वलीले गर्नु भएको थियो । एकसातासम्म सञ्चालन भएको तालिम पश्चात स्टेजमा कहिल्यै चढेर नबोलेका महिलाहरुले आ–आफ्ना अनुभव समेत सुनाउनु भएको थियो ।
घोराही उपमहानगरपालिकाले आउँदो माघ १५ गते घोराहीलाई लैंगिक हिँसारहित पालिका घोषणा गर्न लागि रहेको छ ।












