घाेराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगरले पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण दिएकाे छ ।
प्याब्सन घाेराहीकाे बृहत बाल उत्सवका रुपमा रहेकाे दाेस्राे प्याब्सन घाेराही किड्स ओलम्पियाड २०८२ लाई भव्य, सभ्य र उल्लासमय तरिकाले सम्पन्न गर्न पूर्व प्राथमिक तहका संयाेजकहरुकाे भेला गरि प्रशिक्षण दिइएकाे थियाे ।

माघ १७ गते तुलसीपुर १८ बेलझुण्डी स्थित रङ्गशालामा सञ्चालन हुने किड्स ओलम्पियाडमा बालबालिकाहरुले प्रस्तुत गर्ने नृत्य तथा खेलका बारेमा संयाेजकहरुलाई प्रशिक्षित गरिएकाे थियाे । उक्त अवसरमा प्याब्सन घाेराही नगर कमिटीका सदस्यद्वय शर्मिला थापा र ममता केसीले संयाेजकहरुलाई खेलहरुकाे बारेमा जानकारी दिदै खेललाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने गरि संयाेजकहरुलाई प्रशिक्षित गर्नुभएकाे थियाे । ३६ विद्यालयबाट सहभागी भएका संयाेजकहरुलाई खेलका नियम, आवश्यक सामग्री र खेलाडीहरुकाे तयारीका विषयमा समेत व्यवहारिक प्रशिक्षण दिइएकाे थियाे ।

कक्षा एलकेजी, युकेजी र एकका विद्यार्थीका विद्यार्थी सहभागी हुने ओलम्पियाडमा कक्षागतरुपमा दुइदुइ ओटा खेलहरु, नृत्य तथा मार्च पास समावेश गरिएकाे खेलकुद संयाेजक मानसिंह घर्तीले जानकारी दिनुभएकाे छ। यसैगरी अभिभावकका लागि पनि नृत्यकाे व्यवस्था गरिएकाे घर्तीले बताउनुभयो ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे प्रशिक्षण कार्यक्रममा प्रमुख सल्लाहकार विरेन्द्र चन्दले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।












